झापा । अर्थमन्त्री डा. युवराज खतिवडाले जनताबाट लिएको कर जनतालाई नै अनुदान दिइने बताएका छन् । झापाको बिर्तामोडमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषले आयोजना गरेको ब्याज अनुदान फिर्ता कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । उनले करबाटै रकम संकलन गरेर युवालाई व्यावसायिक बनाउन अनुदानमा रकम दिन लागेको बताए।
युवालाई विदेश पलायन हुनबाट जोगाउन सरकारले लक्ष्य लिएको जानकारी गराउँदै उनले सोही लक्ष्य पूरा गर्नकै लागि कर लिइएको बताए । उनले यो रकम जनताकै हातमा अनुदान आउने समेत जानकारी गराए । उनले युवालाई अनुदान दिने रकम करबाट संकलन नगरे विदेशबाट ऋण लिनुपर्ने हुँदा देशलाई ऋणको भार नथप्न पनि सरकारले यस्तो रणनीति लिएको बताए ।
‘पहिले म गभर्नर भएको समयमा हाम्रै योजनाबाट युवा लक्षित स्वरोजगार कोष सुरु गरेका हौं । अहिले यो योजनाले धेरै युवालाई व्यवसायी बनाएको छ । अब अझै धेरै युवालाई व्यवसायी बनाउन लघु कर्जादेखि लिएर विभिन्न कोष हामी खडा गर्दै छौं,’ मन्त्री खतिवडाले भने ।
पहिले स्वरोजगार कोषको रकम दुरुपयोग भएको बताउँदै उनले धनीमानीले नै कोषको रकम कसरी लिन सकिन्छ भनेर सहकारी बनाए अनि रकम लिए, आफन्तलाई बाँडेर दुरुपयोग गरे ।
-राजधानी डेली
Views: 0