एक अर्ब डलर व्यापार गर्यो अलिबाबाले त्यो पनि १ मिनेट २५ सेकेण्डमा ! हेर्नुहोस कसरि

२०७५ कार्तिक २५, आईतवार ०९:५७ गते २०७५ कार्तिक २५, आईतवार ०९:५७ गते २०७५ कार्तिक २५, आईतवार ०९:५७ गते

चिनियाँ इ–कमर्स कम्पनी अलिबाबाले आइतबार एक मिनेट पच्चीस सेकेण्डमा एक अर्ब डलर भन्दा बढीको व्यापार गरेको जनाएको छ ।

‘सिंगल्स डे’ नाम दिएर गरिएको उक्त ‘सपिङ एक्स्ट्राभेगेन्जा’ले नियमित रुपमा उस्तै किनमेल दिवस ‘ब्ल्याक डे’ र ‘साइबर मनडे’को कुल जोडेरभन्दा ठूलो विक्रि हुने गर्छ ।

तर यो वर्षको सिंगल्स डे त्यो समय जारी छ जब चीनको घट्दो अर्थतन्त्र, इ–कमर्स उद्योगमा नयाँ प्रतिस्पर्धीहरुको आगमन र अमेरिकासँग जारी चीनको व्यापारिक द्वन्द्वले अलिबाबाको वृद्धिलाई असर पार्ने देखिएको छ । यसले गर्दा पनि यो दिनलाई विशेष रुपमा हेरिंदैछ ।

यही महिना अलिबाबाले आफ्नो वार्षिक आयको भविष्यवाणीमा ६% सम्म कमी आउने पूर्वानुमान गरेको छ ।

“सिंगल्स डेको विक्रिको वृद्धिमा कमी आउने सम्भावना रहेको छ” अनुसन्धान संस्था फोरेस्टरका एक विश्लेषक सियाओफेङ वाङले भने ,“यो उत्सव परिपक्व हुदैं गर्दा र स्थापित हुदाँ, वृद्धि दर सुस्त हुन सक्छ ।”
सिङ्गल्स डे चीनमा सम्बन्धमा नरहेका मानिसहरुले नोभेम्बर ११मा मनाउने अनौपचारिक पर्व हो । जोडी नभएकाहरुलाई जनाउनको लागि नोभेम्बर ११ अर्थात ११–११ को मितिको छानिएको हो ।

अलिबाबाले सन् २००९ देखि सिंगल्स डेको दिन आफ्ना सामानहरुमा छुट दिन थालेको हो । त्यस यता उसले यो दिनलाई चीनको अनलाईन सपिङमा २४ घण्टे उत्सवको रुपमा बदल्यो ।

अन्य चिनियाँ इ–कमर्स प्याटफर्महरु जेडी डट कम र ढुंगा गिट्टी स्टोरहरु समेत यसमा सहभागी भए ।

चीन बाहिर पनि यो दिनले ग्राहक तान्न थालेको छ ।अलिबाबाको दक्षिणपूर्वी एशिया शाखा लजाडाले सिंगापुर, मलेशिया, इण्डोनेशिया, थाइल्याण्ड र भियतनाममा सिंगल्स डे छुट प्रदान गर्ने गर्छ।
श्रोत – रातो पाटि 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *