११ वर्षपछि बन्द मुख खुल्यो,” नयाँ जीवन पाएँ “

२०७५ कार्तिक २५, आईतवार ०९:३५ गते २०७५ कार्तिक २५, आईतवार ०९:३५ गते २०७५ कार्तिक २५, आईतवार ०९:३५ गते

काभ्रेकी निशा रानामगरको ११ वर्षअगाडि साथीसँग खेल्नेक्रममा लडेर मुखमा गम्भीर चोट लाग्यो। लामो समयको उपचारपछि घाउ ठिक त भयो, तर क्रमशः उनको मुख बन्द हुँदै गयो। हाल निशा १९ वर्षकी भइन्।

उनको परिवारले धेरै अस्पतालमा देखाए, तर समस्या समाधान हुने कुनै लक्षण देखिएन। अन्तमा परिवारले निशालाई नेपाल मेडिकल कलेज शिक्षण अस्पताल (एनएमसी) जोरपाटी लगे। वरिष्ठ दन्तरोग विशेषज्ञ डा. नीरज पन्तको टोलीले उनको उपचार सुरु गर्यो।

बन्द मुख यसरी खोलियो
ट्रमाको समस्याले गर्दा क्रमशः बन्द हुँदै गएको मुख बोल्न र खानेकुरा निल्न नसक्ने अवस्थामा पुगेको थियो । चिकित्सकीय भाषामा त्यस्तो समस्यालाई यंकायोलोसिस भनिन्छ।

दुर्लभै पाइने यस्तो चुनैतीपूर्ण समस्याको नेपालमा सहज समाधान गर्न सक्नु ठूलो उपलब्धिको विषय भएको उपचारमा संलग्न चिकित्सक बताउँछन्। डा. पन्तका अनुसार निशाको मुख खुल्दैनथ्यो। भित्रभित्र आवाज आउँथ्यो। खानेकुरामा झोल मात्रै निल्न सक्ने अवस्था थियो। खानेकुराको स्वाद थाहा पाउन त सम्भवै थिएन। उनको सोमबार सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।

नयाँ जीवन पाएँ : निशा
बोल्न र नर्मल खानेकुरा पनि खान नसक्ने अवस्थामा पुगेकी निशा शल्यक्रियापछि नयाँ जीवन पाएकोमा दंग छिन्।

धेरै अस्पताल चहार्दा पनि समस्या समाधान नभएपछि नेपाल मेडिकल कलेज आएको उनी बताउँछिन्। अहिले आफू ठिक भएको उनको तर्क छ।

निशा पहिलेजस्तै बोल्न र नर्मल खानेकुरा खान सक्ने भएकी छिन्। उनको उपचार डा. नीरज पन्त, डा. कुशल बिम्व, डा. अञ्जनी भट्टराई र डा. सुमितकुमार सिंहले गरेका हुन्।

-swastha khabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *