नेपाल ब्युटिसियन संघले आज काठमाडौंको माइतिघरमा शान्तिपूर्ण आन्दोलन

२०८० श्रावण १०, बुधबार ११:५० गते २०८० श्रावण १०, बुधबार ११:५० गते २०८० श्रावण १०, बुधबार ११:५० गते

काठमाडौं । नेपाल ब्युटिसियन संघले अध्यागमन विभागमा कार्यरत शाखा अधिकृत वन्दना कर्णले व्युटिसियन पेसामाथि आँच आउने कार्य गरेको विरोध काठमाडौंको माइतिघरमा शान्तिपूर्ण आन्दोलन प्रदर्शन गरेको छ ।

संघका सदस्य सुष्मा महरामाथि गरेको दुर्व्यवहारलाई लिएर गृह मन्त्रालय पुग्दा पनि गुनासो सम्बोधन नभएको भन्दै व्यवसायीहरुले माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् ।

कर्मचारीले दादागिरी देखाउँदै धाकधम्की दिएको देख्दादेख्दै पनि मन्त्रालयले कारबाही नगर्नु झनै दुःखद् भएको संघकी अध्यक्ष भगवती खड्काले बताइन् ।

महराले चाबहिलस्थि केएल टावरमा सञ्चालन गरेको फेसियल हाउसमा सेवा लिन आएकी शाखा अधिकृत कर्णले आफूहरुको पेशा तथा व्यवसायमाथि नै आँच आउने गम्भीर आरोप लगाएको भन्दै सोमवार रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गरेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *