काठमाडौँ । सरकारी दस्तखत किर्ते कसुरमा नेपाली कांग्रेस गोरखा क्षेत्र नं २ प्रदेश (क) का सभापति नारायण गुरुङ (दिर्घमान) जेल चलान भएका छन् । साविक गोरखा आँपपिपल गाउँ विकास समिति वडा नं २ हाल पालुङटार नगरपालिका वडा नं ३ घर भएका गुरुङले नागरिकता, पासपोर्टलगायतका सरकारी कागजात किर्ते गरेको अभियोगमा पक्राउ गरी डिल्लीबजार जेल चलान गरिएको हो । विस २०६१ जेठ १८ गतेको अदालतको फैसलाअनुसार एक वर्षका लागि कैद सजायाँ गरिएका सन्तबहादुर गुरुङका छोरा ४५ वर्षीय नारायण गुरुङलाई गत असार २० गते प्रहरी वृत्त सोह्रखुट्टेले पक्राउ गरी कैद भुक्तानका लागि डिल्लीबजार जेल चलान गरेको हो । पक्राउ नारायण काठमाडौँ महानगरपालिका वडा नं २६ नयाँ बसपार्कस्थित गोरखा लिगलिग होटल, पोखराको होटल गोवा र पालुङटारको लिगलिग रिसोर्टका सञ्चालक समेत हुन् ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0