बालश्रम अन्त्यको माग गर्दै बालबालिकाले सांसदहरूलाई पठाए सन्देश, संसदमा आवाज उठाउने सांसदको प्रतिबद्धता

२०८२ जेष्ठ २९, बिहीबार १४:४७ गते २०८२ जेष्ठ २९, बिहीबार १४:४७ गते २०८२ जेष्ठ २९, बिहीबार १४:४७ गते

काठमाडौं १२ जुन | बालश्रमविरुद्धको विश्व दिवसको अवसरमा नेपालका विभिन्न जिल्लामा रहेका बालबालिकाहरूले सांसदहरूलाई मोबाइल म्यासेजमार्फत बालश्रम अन्त्यका लागि संसदमा आवाज उठाउन आग्रह गरेका छन।

बालश्रमसम्बन्धी ऐन २०५६ को परिमार्जन, बजेटमा बाल संरक्षण र सहभागिता सुनिश्चित गर्ने विषयमा ध्यान दिन आग्रह गर्दै उनीहरूले विभिन्न दल सम्बद्ध सांसदहरूलाई व्यक्तिगत रूपमा सन्देश पठाएका थिए। तीमध्ये सांसद प्रदीप पौडेल, विद्या भट्टराई, चन्द्र भण्डारी, रमा कोईराला, तोसिमा कार्की, सुमना श्रेष्ठ, प्रेम आले मगर लगायतलाई बालबालिकाहरूको सन्देश पठाएका हुन ।

टोखा नगरपालिका–४, काठमाडौंकी १३ वर्षीया रोजिना तामाङले पठाएको सन्देशमा भनिएको छः

“माननीयज्यू, नमस्कार। आज बालश्रम विरुद्धको विश्व दिवस (१२ जुन) को शुभकामना व्यक्त गर्दै म जस्ता लाखौं बालश्रममा रहेका बालबालिकाको अधिकार संरक्षणको लागि बालश्रम सम्बन्धी २०५६ को पुरानो कानुन परिमार्जन, बजेट व्यवस्थापन, बाल सहभागीताको लागि संसदमा आवाज उठाईदिनु हुन अनुरोध गर्दछु।”
— रोजिना तामाङ, बिहान ७ः१३, टोखा नगरपालिका–०४, काठमाडौं

बालबालिकाहरूले यसरी स्वतःस्फूर्त रूपमा आवाज उठाएको खबर पाएपछि सांसद रमा कोईरालाले आफ्नो प्रतिक्रिया दिंदै बालबालिकाको आवाजलाई संसद्मा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयोः

“आज बिहानदेखि धादिङ, काठमाडौं, ललितपुरलगायत जिल्लाबाट मेरा मोबाइलमा बालबालिकाहरूले बालश्रमविरुद्धको दिवस सम्झाउँदै सन्देश पठाए। म ती साना बालबालिका, भाइबहिनीहरूप्रति गहिरो कृतज्ञता व्यक्त गर्छु।”

“मैले स्वयं पनि सन २०५६ मा बालश्रम निषेध तथा नियमनसम्बन्धी ऐन निर्माणको क्रममा सक्रिय भूमिका खेलेको थिएँ। आज बालबालिकाहरूले आफ्नै आवाजमा म्यासेज पठाएर आग्रह गर्नु अत्यन्त प्रेरणादायी अनुभव रह्यो। म संसद्मा विशेष समय लिएर भए पनि बालबालिकाहरूको कुरा प्रमुखताका साथ उठाउनेछु।”

उहाँका अनुसार अहिले संसद्मा बालबालिकासम्बन्धी ऐन संशोधन विधेयकमाथि छलफल भइरहेको छ, जसमा उहाँले बालश्रम, बजेट र बाल सहभागिताको विषयलाई गम्भीरताका साथ प्रस्तुत गर्ने बताउनुभयो।

“यो त मेरो नियमित जिम्मेवारी हो,” सांसद कोईरालाले थप भन्नुभयो, “तर आज बालबालिकाबाट सिधा सन्देश पाउँदा थप ऊर्जा र प्रेरणा मिलेको छ। संसद्मा उनीहरूको नाम उच्चारण गर्दै म उनीहरूको आवाज बुलन्द पार्नेछु।”

उहाँको प्रत्यक्ष जवाफ पाएका बालबालिकाहरू हर्षित देखिएका छन। रोजिनालाई पठाइएको सांसद रमा कोईरालाको जवाफमा लेखिएको थियोः

“नानु, म बालश्रमविरुद्धको विश्व दिवसको शुभकामना व्यक्त गर्दछु। २०५६ को ऐन बनाउँदा म पनि सक्रिय रूपमा लागेकी थिएँ, मलाई थाहा छ अब यसको परिवर्तन आवश्यक छ। तिमीले दिनु भएको सुझाव मननीय छ, म संसदमा यी कुराहरू अवश्य उठाउने छु। धेरै धेरै धन्यवाद।”

यसरी, बालश्रमको अन्त्य र बालबालिकाको आवाज संसदसम्म पुर्‍याउने प्रयासको यो उदाहरणले बालअधिकारको संरक्षणमा नागरिक चेतनाको सशक्त भूमिका देखाएको छ।

बालिकाले रोजिना तामाङले पठाउनुभेको सन्देश र सांसद रमा कोईरालाले दिनुभएको प्रतिक्रियाको स्क्रिन सट फोटो :

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *