उत्तरी भेगको शैक्षिक विकासका लागि ‘शिक्षा मेला–२०८२’ शनिबार हुने

२०८२ जेष्ठ २९, बिहीबार २०:५९ गते २०८२ जेष्ठ २९, बिहीबार २०:५९ गते २०८२ जेष्ठ २९, बिहीबार २०:५९ गते

काठमाडौँ, २९ जेठ । काठमाडौँको उत्तरी भेगमा सञ्चालित विद्यालयको शैक्षिक विकासका लागि ‘शिक्षा मेला–२०८२’ जेठ ३१ गते शनिबार हुने भएको छ ।

उच्च माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन (एनप्याब्सन) को आयोजना तथा स्काई भिजन, अल्फा र जिएलसी फाउण्डेसनको संयोजनमा जेठ ३१ गते शनिबार शैक्षिक मेला हुन लागेको हो ।

स्काई भिजन फाउण्डेशनले आज यहाँ पत्रकार सम्मेलन गरी माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा फाउण्डेशनका सञ्चालक सुनिल भट्टराईले उत्तरी क्षेत्रमा सञ्चालित विद्यार्थीको शैक्षिक उन्नयनका लागि मेला आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

मेलामा काठमाडौँको टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका र काठमाडौँ महानगरपालिकाको १६, २६ र ३ वडामा उच्च शिक्षा अध्यापन गराइरहेका डेढ दर्जन कलेजको सहभागिता रहने टोखा हिसानका अध्यक्ष राजन अधिकारीले जानकारी दिनुभयो ।

लर्ड प्यालेस ग्रीनल्याण्डमा बिहान ११ बजेदेखि सुरु हुने मेलाको चार हजारभन्दा बढी विद्यार्थीले प्रत्यक्ष अवलोकन गर्ने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नवोदित कलेजका प्राचार्य एवम् हिसानका सचिव राजेन्द्र अधिकारीले नेपालको उच्च शिक्षाको क्षेत्रमा पछिल्लो समय चुनौती थपिँदै गएको बताउनुभयो । उहाँले उच्च शिक्षा अध्ययरत विद्यार्थीलाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि सबै कलेज लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई विशेष गरि उच्च शिक्षाको बारेमा शैक्षिक जानकारी दिने उद्देश्यले आयोजना गर्न लागिएको यो एक बृहत् शैक्षिक महोत्सव भएको आयोजकले जनाएको छ । काठमाडौंको उत्तरी भेगलाई लक्षित गरि गर्न लागिएको यो मेलाले एक आपसमा स्वच्छ प्रतिस्पर्धा गरि गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ ।

उत्तरी भेगमा नै विद्यार्थीले रोजेजस्तो खोजेजस्तो भौतिक सुविधा सम्पन्न एवम् अतिरिक्त क्रियाकलाप सहितको गुणस्तरीय शिक्षा पाइने हुनाले आफ्नै घर छेउछाउ र पायक पर्ने कलेज विद्यार्थीको रोजाई हुनुपर्ने अभिभावकलाई आर्थिक भार नपर्ने गरि व्यवहारिक बन्न आग्रह गरेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *