Or

धादिंग त्रीरिपुरासुन्दरीका डा रमेश अधिकारी लण्डन मा ‘बेस्ट प्रिन्सिपल अवार्ड २०२५’ द्वारा सम्मानित

२०८२ आश्विन ३१, शुक्रबार ०९:३६ गते २०८२ आश्विन ३१, शुक्रबार ०९:३६ गते २०८२ आश्विन ३१, शुक्रबार ०९:३६ गते

लन्डन — लन्डनको ऐतिहासिक युनिभर्सिटी अफ ग्रीनवीचमा भव्य रुपमा सम्पन्न भएको ‘नेपाल एजुकेशन अवार्ड्स युके २०२५’ समारोह मा त्रिपुरासुन्दरी – ३ धादिंगका डा रमेश अधिकारी ‘बेस्ट प्रिन्सिपल अवार्ड २०२५’ द्वारा सम्मानित हुनुभएको छ।

सोमबार युनिभर्सिटी अफ ग्रीनवीच मा कलेज रिडर्स पत्रिकाद्वारा आयोजित समारोह मा साउथ वेस्टर्न स्कुलका प्रिन्सिपल डा रमेश अधिकारी लाइ बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेको प्रमुख आतिथ्य तथा उक्त यूनिवर्सिटी का उपकुलपति प्रोफेसर जेन ह्यारिंगटन एबम विभिन्न नेपाली विश्वविद्यालयका उपकुलपति तथा पदाधिकारीहरूको विशेष उपस्थिति मा उक्त पदक द्वारा सम्मानित गरिएको हो।

नेपालमा शैक्षिक उन्नयनमा योगदान गर्ने व्यक्तित्वहरुलाई अन्तरराष्ट्रियस्तरमा सम्मानित गर्ने उपक्रम अन्तर्गत डा अधिकारी लाई उक्त सम्मान गरिएको निर्णायक मण्डल (जुरी) का प्रमुख मधेश विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक बहादुर शाक्यले बताउनु भयो ।

समारोहलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले यी अवार्डहरू नेपाल–बेलायत साझेदारी र साझा मूल्यहरूको उत्सव भएको बताउनु भयो । उहाँले नेपाली विद्यार्थीहरू विश्वस्तरमा प्रतिस्पर्धी बनेका र उनीहरूले ज्ञान सृजना र नवप्रवर्तनमार्फत नेपालको समाज र अर्थतन्त्रको विकासमा योगदान दिइरहेको बताउनु भयो। “उत्कृष्टताको कुनै सिमाना हुँदैन । नेपालमा कुनै पनि व्यक्ति पछि नपरोस भन्ने उद्देश्यले ज्ञान सिर्जना र साझेदारी गरेर स्वतन्त्र र निष्पक्ष समाज निर्माण गर्ने दिशामा हामी अघि बढिरहेका छौँ। स्वतन्त्र, न्यायपूर्ण र समावेशी समाज निर्माण नै हाम्रो साझा लक्ष्य हो, जसले दुई देशबीचको मित्रतालाई अझ सुदृढ बनाउनेछ,” उहाँले भन्नु भयो।
ग्रिनविच विश्वविद्यालय १८९० मा ग्रिनविच पोलिटेक्निकका रूपमा स्थापना भएको एक जीवन्त सार्वजनिक संस्था हो, जसमा हाल १२५ भन्दा बढी देशका करिब २५,००० विद्यार्थी अध्ययनरत छन्।

समारोहमा कलेज रिडर्स पत्रिकाका कार्यकारी सम्पादक केशव नेपालले युकेको शैक्षिक परम्परा र सयौं वर्ष पुरानो सभ्यताबाट नेपालले सिक्न सक्ने कुरा थुप्रै रहेको बताउंदै अहिले नेपाली शिक्षा क्षेत्रले पनि विश्वस्तरमा पहिचान बनाउँदै गएको बताउनु भयो ।”

युनिभर्सिटी अफ ग्रिनिचकी कार्यकारी निर्देशक (मार्केटिङ र विद्यार्थी सम्बन्ध) क्लेयर म्याथ्यूजले नेपालका शैक्षिक संस्थाहरूसँग दीर्घकालीन साझेदारीका लागि आफ्नो विश्वविद्यालय उत्सुक रहेको बताउनु भयो।

Views: 2

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Or