तपाईले गर्ने नियमित पुजामा गर्नुहोस् यी मन्त्रको जप ! बन्ने छन् बाँकी रहेका अधुरा काम साथै हट्ने छ दुख कष्ट !काठमाडौँ । हरेका मानिसको चाहना हुन्छ आफुले गरेका सधै सफल होस् । जसले पनि सफल जीवन जिउनको लागि कडा परिश्रम गरेको हुन्छन् ।
हरेक काम गर्नु अघि भगवानसँग आस्था राख्ने गर्छन् । हरेक काम सुरु गर्नु पूर्व भगवानलाई अगाडी राखेर मात्र काम गर्ने गर्छन् । यति मात्र हैन हरेक व्यक्तिले सफलता हात पार्नको लागि भगवानलाई पुज्ने गर्छन् ।
आज हामी तपाईलाई पुजा आरधना गर्दा नियमित जप गर्नुपर्ने मन्त्रहरुको बारेमा जानकार दिन गइरहेको छौँ । जसले तपाईको घरमा सधै सुख शान्ति ल्याउनुको साथै दुख कष्ट बाट टाढा राख्छ । नियमित रुपमा दुर्गा देवी माताको पुजा आरधना गर्ने गर्नुहोस् जसले गर्दा तपाईलाई निकै राम्रो हुनेछ । दुर्गामाताले आर्थिक संकट बाट टाढा राख्नेछिन् । दुर्गा मातालाई थुप्रै इश्वरीय शक्ति भएकी माताको रुपमा मानिने गरिएको छ ।
जीवनमा सधै खुसी रहन नियमित रुपमा जप गर्नुहोस् यि मन्त्र
सर्व मंगल मांगल्ये शिवे सर्वार्थ साधिके ।
शरण्ये त्र्यंबके गौरी नारायणि नमोस्तुऽते॥
आर्थिक संकटबाट टाढा रहन जप गर्नु पर्ने मन्त्र
सर्वाबाधा विनिर्मुक्तो धन धान्य सुतान्वितः।
मनुष्यों मत्प्रसादेन भविष्यन्ति न संशय॥
यदि तपाई कुनै विपतिमा पर्नुभएमा १०८ पटक यो मन्त्र जप गर्नुहोस
शरणागतर्दिनार्त परित्राण पारायणे।
सर्व स्यार्ति हरे देवि नारायणि नमोऽतुते॥
यदि कुनै कार्य गर्दै जाँदा बाधाहर आएमा जप्नुहोस यो मन्त्र
सर्वबाधा प्रशमनं त्रैलोक्यस्याखिलेश्वरी।
एवमेव त्याया कार्य मस्माद्वैरि विनाशनम्॥
Views: 0