कर्माले छुँदा रिसाइन् आना, प्रेम सम्बन्ध र ब्रेकअपबारे बिन्दास भएर बोले (भिडियो)

२०७५ फाल्गुन २५, शनिबार १४:१० गते २०७५ फाल्गुन २५, शनिबार १४:१० गते २०७५ फाल्गुन २५, शनिबार १४:१० गते

काठमाडौँ। चलचित्र ‘सानो संसार’बाट नेपाली चलचित्र क्षत्रमा भित्रिएका कलाकार कर्माले डेब्युमै हिट चलचित्र दिए। उनको अर्को हिट चलचित्र ‘लुट’ पनि हो। त्यस पछि ‘रेशम फिलिलि’, ‘एकदिन एक रात’, ‘मृगतृष्णा’, ‘भिषा गर्ल’ जस्ता चलचित्रमा अभिनय गरेका कर्मा अझै पनि सोचेको जस्तो सफलता हात पार्न सकेका छैनन्।

उनी नेपाली र अङ्ग्रेजी भाषामा बनेको चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’मा नायिका आना शर्मासँग देखिदैछन्। पाँच करोड लगानीमा निर्माण भएको यो चलचित्रको छायाँङ्कन नेपालमा र अमेरिकाको लस एन्जल्समा गरिएको छ। यो चलचित्रका निर्माता नकिम उद्दिन हुन्। मेमा धोन्डुप चलचित्रका निर्देशक हुन्। यो चलचित्रलाई हलिउड, बलिउड र नेपालमा एकैसाथ रिलिज गर्ने तयारी गरिएको छ।

चलचित्रमा नेपाली, भारतीय, पाकिस्तानी र अमेरिकी कलाकारको अभिनय रहेको छ। अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउडका अभिनेता गुल्सन ग्रोबर, पाकिस्तानी कलाकार अभिनेता जोसे म्यालुअलसँग नेपालका कलाकार नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, परमिता राना, कर्मा लगायतका कलाकारहरू छन्। चलचित्रमा हिन्दु र मुस्लिम युवकको अतिवादी सोचसहितको यात्रालाई देखाइएको छ। चलचित्र चैत्र १ गते रिलिज हुनेछ।

हेर्नुस् यसै सेरोफेरोमा चलचित्रका नायक कर्मा नायिका आनासँग ‘रमाइलो छ’ ले गरेको कुराकानी।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *