फिल्म रिलिज गर्ने मिति तोक्न पनि अनुमति लिनुपर्ने? अक्षयले लिए सलमानको अनुमति

२०७५ फाल्गुन २५, शनिबार १४:५७ गते २०७५ फाल्गुन २५, शनिबार १४:५७ गते २०७५ फाल्गुन २५, शनिबार १४:५७ गते

मुम्बइ। बलिउड अभिनेता सलमान खानले हरेक वर्षको इदमा आफ्ना प्रशंसकलाई विशेष उपहार स्वरुप आफ्नो फिल्म रिलिज गर्छन् । हरेक इद सलमान खानका लागि निकै विशेष हुन्छ ।

सन् २००९ मा वान्टेडदेखि सन् २०१९ मा भारतसम्म उनको फिल्म इदमा नै रिलिज भएको छ । यसैबीच सन् २०१३ मा उनका साथी शाहरुख खानको चेन्नई एक्सप्रेस इदमा रिलिज भयो ।

रोचक कुरा के छ भने इदको मौकामा सलमानसँग बक्स अफिसमा प्रतिस्पर्धा गर्न कोही पनि तयार हुँदैनन् । अर्थात्, इद रिलिजमा सलमानको एकछत्र राज छ तर सन् २०२० मा अक्षय कुमार सूर्यवंशी बनेर बक्स अफिसमा आउँदै छन् । खबरका अनुसार सलमानको दबंग थ्री वा संजय लिला भंसालीको फिल्म २०२० को इदमा रिलिज हुने बताइएको थियो । तर यसबारे अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन ।

यस्तै, अक्षय कुमारले इदमा फिल्म रिलिज गर्ने खबरमा प्रशंसकले ‘के उनी जानीजानी सलमानसँग प्रतिस्पर्धा गरिरहेका छन् ?’ भनेर सोधिरहेका छन् । अक्षयले सन् २०२० को इदमा आफ्नो फिल्म रिलिज गर्नुअघि सलमानलाई सोधेको पनि बताइन्छ । अक्षयले सूर्यवंशीको रिलिज मिति घोषणा गर्नुअघि सलमानलाई फोन गरेको भारतीय मिडियाले बताएका छन् ।

स्रोतका अनुसार सलमानले अर्को वर्षको इदमा उनको कुनै फिल्म रिलिज हुँदै छ भनेर सोध्दा उनले अहिलेका लागि आफ्नो सबै ध्यान यसवर्ष इदको मौका रिलिज हुने फिल्म भारतमा केन्द्रीत भएको बताए ।

त्यसपछि अक्षयले सलमानसँग आफ्नो फिल्म सूर्यवंशी अर्को वर्षको इदमा रिलिज गर्ने मनसाय व्यक्त गरे । अक्षयको कुरामा सलमानले केही बेर सोचे र त्यसपछि उनले अक्षयलाई सूर्यवंशीका लागि ग्रीन सिग्नल दिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *