भारत र न्यूजिल्याण्डबीचको पहिलो सेमिफाइनल खेल वर्षाले प्रभावित

२०७६ असार २५, बुधबार १०:३८ गते २०७६ असार २५, बुधबार १०:३८ गते २०७६ असार २५, बुधबार १०:३८ गते

काठमाडौं। इंग्ल्याण्ड वेल्समा भइरहेको आइसीसी एक दिवसीय विश्वकप अन्तर्गत हिजो भएको भारत र न्यूजिल्याण्डबीचको पहिलो सेमिफाइनल खेल वर्षाले प्रभावित बनेको छ। न्यूजिल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्दै ४६.१ ओभरमा २११-५ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो।

लिग चरणमा पनि वर्षाका कारण प्रभावित खेलमा अंक बाँडिएको थियो। तर यो सेमिफाइनल भएकोले आइसीसीले फरक नियम बनाएको छ।

सेमिफाइनल खेल वर्षाले रोकिएमा आज ‘रिजर्भ डे’को रुपमा खेललाई निरन्तरता दिइने नियम छ। रिजर्भ डे मा पनि खेल हुन नसकेमा लिग चरणमा धेरै अंक जोडेको टिम सेमिफाइनलमा विजेता घोषित हुनेछ। यस्तो भए भारतलाई फाइदा पुग्नेछ। भारतले लिगमा ९ खेलबाट १५ अंक जोडेको थियो भने न्यूजिल्याण्डले समान खेलबाट ११ अंक जोडेको थियो।

फाइनलको हकमा भने वर्षाले खेल हुन नसकेमा दुवै टिमलाई संयुक्त विजेता घोषित गर्दै ट्रफी बाँडिने नियम रहेको छ।

वर्षाका कारण रोकिएको भारत-न्यूजिल्याण्डबीचको खेल पुन: सुरु भए भारतले ४६ ओभरमा २३७ रनको विजयी लक्ष्य पाउनेछ। यस्तै डिएल मेथडको आधारमा २० ओभरमा खेल छोट्याइएमा भारतले २० ओभरमा १४६ रनको लक्ष्य पाउनेछ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *