यसरकारण नेपालमा समुदायमा कोरोना संक्रमण नआएको : विज्ञ

२०७७ असार २३, मंगलवार १७:५२ गते २०७७ असार २३, मंगलवार १७:५२ गते २०७७ असार २३, मंगलवार १७:५२ गते

एजेन्सी। इपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. वाशुदेव पाण्डेले नेपालका ९९ प्रतिशत कोरोना संक्रमितमा कुनै लक्षणनै नदेखिएको बताएका छन्। मंगलबार स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा निर्देशक पाण्डेले नोपलका ९७ प्रतिशत संक्रमित विदेशबाट आयातित रहेको र उनीहरुमा संक्रमण पुष्टि भए पनि अन्य कुनै लक्षण भने नदेखिएको बताए।‘अरुदेशको भन्दा हाम्रोमा अलि फरक देखिएको, संक्रमण पुष्टि भएका ९९ प्रतिशतमा पनि कुनै लक्षण नै छैन’, उनले भने।

उनले नेपालका प्रदेश २ र ५ मा बढी संक्रमण देखिए पनि पछिल्लो समय सुदूरपश्चिम प्रदेश संक्रमणको केन्द्र बन्दै गएको बताए। उनले गण्डकी र बागमती प्रदेशमा छिटफुट केस मात्रै रहेको जानकारी दिए।उनले नेपालमा कोरोना समूदयामा फैलिइसकेको भन्ने चर्चाप्रति सत्यता नभएको बताए। उनले नेपालमा संक्रमित भएकामध्ये ८७ प्रतिशत पुरुष भएको र उनीहरु पनि वैदेशिक रोजगारीबाट फर्केर आएका भएको बताए।‘नेपालमा ८७ प्रतिशत संक्रमित पुरुष र त्यसमा पनि १५ देखि ५४ वर्षका छन्, जो श्रम गर्न अरु गएका हुन’, उनले भने, ‘विदेशमा काम गर्दा उहाँहरु संक्रमित हुनुभयो र फर्केर आएर बस्नु भयो, उहाँहरुको जाँच पड्ताल गर्दा उहाँहरमा रोग देखियो।’

उनले कोरोना समुदायका गएकै भए महिला पुरुषमा समान रुपमा देखिनुपर्ने नेपालमा त्यो नभएको र तीन प्रतिशतमा छिट्फुट रुपमा मात्रै देखिएको बताए।‘कोरोना समुदायमा गएकै हो भनेदेखि महिला र पुरुषमा समान रुपमा हुनुपर्ने थियो, त्यो भएको छैन’, उनले भने, ‘अर्को एउटै समुदायमा वृहत रुपमा नफैलिइइ छिटफुट रुपमा तीन प्रतिशतमा मात्रै देखिएकाले त्यसलाई समुदायमा फैलिएको भन्न मिल्दैन।’ उनले छिटफुट देखिएका संक्रमितमा वपनि बाहिरबाट आएका संक्रमितसँग केही न केही लिंक रहेको बताए।‘हामीलाई के लाग्छ भने यो कोरोना भाइरस समुदायमा आउन सक्छ तर अहिलेसम्म आइसकेको अवस्था होइन्’, डा. पाण्डेले भने।उनले काठमाडौँमा लकडाउन खुकुलो भएपछि केही बढेको बताए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *