Or

जोडतोडको एसइई तयारी गर्दै करिष्मा, १४ वर्षको उमेरमा बेन्चमै छोडेर सपना फेरी पछ्याउदै

२०७५ चैत्र ९, शनिबार २१:३८ गते २०७५ चैत्र ९, शनिबार २१:३८ गते २०७५ चैत्र ९, शनिबार २१:३८ गते

काठमाडौँ । नेपाली सिने क्षेत्रको सफल नायिका अहिले करिष्मा मानन्धर अहिले एसइईको परीक्षाको तरीमा लागि रहेकी छन् । व्यस्त जीवनशैलीबाट समय निकालेर ४५ वर्षीया नायिका केही वर्ष अ गाडी देखी विद्यालयमा भर्ना भएकी थिइन् । र यो वर्ष उनी एसइर्एको परीक्षाको जोडतोडको तयारीमा लागिरहेकी छन् ।१४ वर्षको उमेरमा आफ्नो विद्यालय जीवनलाई छोडेर चलचित्रको रंगमा भिज्न पुगेकी उनी ४५ वर्षको उमेरमा फेरी त्यही बेन्च संग नाता गास्न पुगेकी छन् । कोसीस नै सफलताको पहिलो सिढी हो भन्ने करिष्मा यदि आफू असफल नै भए पनि दुख नमान्ने बताउँछिन्। सकारात्मक सोच भएकी उनी कुनै पनि कुरामा डराउन नहुने बताउँछिन् ।

महिलाहरु पछाडी पर्नुको कारण पनि शिक्षाको कमी नै हो भन्ने उनी शिक्षा जहिले पनि लिन सकिन्छ भन्ने सन्देश दिन पढाईलाई निरन्तरता दिएको बताउछिन् । पहिले गणित विषय अप्ठारो लाग्ने गरेको भए पनि अआज भोली भने उनलाई विज्ञान चाहिँ अप्ठारो हो भन्ने भान भएको बताउछिन् । हारको अगाडी जित हुन्छ भन्ने उनी चैत्र १० गतेबाट सुरु हुने एइईको परीक्षामा सामेल हुदैँ छिन् ।

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

Or