नेपालमा प्रचण्ड जत्तिको दुरदर्शी र डाईनामिक नेता जन्मिएकै छैन , प्रचण्डको बिरोध गर्नु बेकार छ:दुर्गाप्रसाद प्रसाँई

२०७५ चैत्र १०, आईतवार ११:१३ गते २०७५ चैत्र १०, आईतवार ११:१३ गते २०७५ चैत्र १०, आईतवार ११:१३ गते

झापाको बिर्तामोडमा रहेको बि.एण्डसी टिचिङ हस्पिटलका कार्यकारी निर्देशक हुन दुर्गाप्रसाद प्रसाई,बेलाबेलामा चर्चा र आलोचनाको शिकार हुने गरेका उनी ब्यत्तिगत रुपमा निडर र हक्की स्वभावका रहेका छन।कुनैपनि काम शुरु गरेपछि त्यसलाई सफल बनाएर मात्र छोडने स्वभावका उनी आफनो कामबाट आत्तिएकाहरु आफ्नो आलोचनामा रमाउने गरेको बताउँछन ।प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष खडगप्रसाद ओली र नेकपा अध्यक्ष तथा पुर्बप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँग नियमित संगत र उठबस गर्न भ्याए का उनी त्यहि संगतबाट समेत आलोचनाको शिकार हुँदै आएका छन ।दुई नेतासँग आफनै निबासमा मार्सी चामलको भात खाएको फोटो सार्बजनिक भएपछि चर्चामा आएका उनी त्यो कुनै ठुलो कुरा नभएको र त्यसलाई काम नभएका केही मिडियाकर्मी भनाउँदाहरुले गरिखाने भाँडो मात्र बनाएको बताउँछन । तत्कालीन एकिकृत माओ बादी र नेकपा एमालेको एकिकरण प्रक्रियामा समेत भुमिका खेलेका प्रसाई सोही बेला छलफलका क्रममा सामाजिक सञ्जाल फेसबुकमा राख्नका लागी खिचिएको तस्विरको अर्नगल प्रचार गरिएको उनी बताउँछन ।म्रो काम गर्दा कसैले बिवादमा ल्याउन खोज्छ भने आफुलाई आपत्ति नहुने र आफु निरन्तर काममा खटिरहने भएका कारण त्यसलाई चर्चाको रुपमा स्वीकार गर्ने गरेको उनी बताउँछन ।

चिकित्सा बिधेयक पारित भईसकेपछि पनि मेडिकल क्षेत्र सुधारको माग राखेर पटक पटक आन्दोलन गरेका डा. गोबिन्द केसीले बेतुकको आन्दोलन गरेको र उनको आन्दोलनमा कुनै तुक नभएको उनले दाबी गरे ।प्रचण्ड सँगको अनोन्याश्रित सम्बन्धका बारेमा पनि उनले खुलेर कुरा गरेका छन । प्रचण्ड आफ्नो आईडल पर्सन भएको र उनी जत्तिको मानिस नेपालमा नभएको उनले बताए ।हाल पत्नीको उपचारको क्रममा अमेरिकामा रहेका प्रचण्ड युगपुरुष भएको समेत उनले बताए । प्रचण्डलाई बिवादमा तान्न गरिएका अनेक हत्कण्डा गलत भएको र त्यस्ता ब्यत्तिलाई जवाफ दिन खोज्दा उनीहरु नै तर्किने गरेको उनी बताउँछन ।१० बर्ष जनयुद्ध आफनै सेना निर्माण गरेर अघि बढन चानचुने बिषय नभएको उनीबाट आफु राजनीतिक रुपमा प्रभावित भएको बताउँछन ।मेची अञ्चलमै पहिलो पटक सबैभन्दा ठुलो र सुबिधा सम्पन्न हस्पिटल सञ्चालन गरेर समेत चर्चामा आएका उनले पछिल्लो समय आफनो हस्पिटल प्रदेश १ मा मात्र नभएर देशकै नमुना भएको दाबी गरेका छन । अत्याधुनिक सेवा सुबिधा सम्पन्न सो हस्पिटलमा हाल नेपालमा मात्र नभएर छिमेकी भारतबाट समेत बिरामी आउने गरेका छन । केही समय भित्रै क्यान्सर अस्पताल समेत सञ्चालन गर्ने तयारीमा रहेको अस्पतालले सो अस्पताल सम्पन्न भएपछि ५०० किलोमिटर भित्र अरु कुनै अस्पताल नभएका कारण सो अस्पताल समेत नमुना अस्पतालका रुपमा बिकास हुने बताउँछन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *