विप्लव समूहद्वारा वडा कार्यालयमा लगाइयको ताला प्रहरीले तोड्यो

२०७६ असार २२, आईतवार १२:०० गते २०७६ असार २२, आईतवार १२:०० गते २०७६ असार २२, आईतवार १२:०० गते

महेन्द्रनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले कञ्चनपुरका विभिन्न स्थानीय तहमा लगाएको ताला प्रहरीले तोडेको छ । शनिबार राति शुक्लाफाँटा, कृष्णपुर र बेदकोट नगरपालिकाका विभिन्न वडा कार्यालयमा लगाएको ताला आज प्रहरीले तोडेको हो ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका ५, ६ र ८ नम्बर वडा कार्यालय तथा बेदकोट नगरपालिकाको १ नम्बर वडा कार्यालयमा विप्लव समूहले ताला लगाएको थियो । तालाबन्दी गरिएका कार्यालय परिसरमा विप्लव समूहको सेती–महाकाली ब्यूरोको पर्चा फेला परेको छ । सरकारले आफ्ना नेता कार्यकर्तामाथि धरपकड, पक्राउ गरेर हत्या र स्थानीय तहले भ्रष्टाचार गरेको कारण तालाबन्दी गरेको उक्त समूहको भनाइ छ ।

नेकपा कञ्चनपुरका सचिव राजेन्द्र विष्टले स्थानीय तहका कार्यालय तथा वडामा लगाएको तालाबन्दीको जिम्मेवारी लिएका छन् । ‘‘केपी ओली सरकार एकपछि अर्को गरी राष्ट्रघाती र जनघाती काम गरिरहेको छ । हामीले जनताका मुद्दा उठाउँदा उल्टै हामीमाथि धरपकड गर्ने, निहत्थ कार्यकर्ता समातेर फर्जी भिडन्तको नाटक गरेर राष्ट्रवादी शक्तिमाथि दमन गरिरहेको छ,’’ उनले बाह्रखरीसँग भने, ‘‘त्यसका विरुद्धमा हामीले सरकारलाई चेतावनी दिन स्थानीय सरकार तहमा तालाबन्दी गरेको हौं ।’’ सचिव विष्टले सरकारले नेकपाका कार्यकर्तामाथिको धरपकड नरोके स्थानीय तहबाट जनप्रतिनिधिहरुलाई लखेट्ने चेतावनीसमेत दिए । ‘‘सरकारले ज्यादति नरोके राजनीतिक अंगमाथि प्रतिवन्ध लगाउने अवस्था आउन सक्छ,’’ उनले टेलिफोनमा भने, ‘‘त्यस्तो अवस्थामा स्थानीय तह खाली गराउनेसम्मको अवस्था आउन सक्छ ।’’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *