सबै टिभीलाई उछिन्दै नेपाल टेलिभिजन एक नम्बरमा ! दर्शक २९ प्रतिशत।

२०७६ असार २२, आईतवार २२:२० गते २०७६ असार २२, आईतवार २२:२० गते २०७६ असार २२, आईतवार २२:२० गते

काठमाडौँ–नेपाली टेलिभिजन च्यानलमध्ये नेपाल टेलिभिजन दर्शकको सर्वाधिक रोजाइको टेलिभिजनका रुपमा पाइएको एक अध्ययनले देखाएको छ । सेयरकास्ट इनिसिएटिभ नेपाल नामक संस्थाले हालै गरेको अध्ययनअनुसार नेपाल टेलिभिजन मुलुककै लोकप्रिय टेलिभिजनका रुपमा स्थापित भएको पाइएको हो ।

‘नेपाली मिडिया सर्भे–२०१९’ ले नेपालमा ६० प्रतिशत टेलिभिजनका दर्शकमध्ये नेपाल टेलिभिजन हेर्ने दर्शकको सङ्ख्या २९ प्रतिशत रहेको छ । संस्थाले सात वटै प्रदेशको प्रतिनिधित्व हुने गरी ४२ जिल्लाका चार हजार १२९ घरधुरीमा मिडिया सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणले ६० प्रतिशत सर्वसाधरणले टेलिभिजन हेर्ने र बाँकी ४० प्रतिशतले टिभी नहेर्ने तथ्य पत्ता लगाएको छ । यसरी नेपाल टेलिभिजन हेर्नेमध्ये ८० प्रतिशतले समाचार हेर्छन् । त्यसमा पनि ८७ प्रतिशतले राति ८ बजेको समाचार हेर्ने गरेका छन् ।

अध्ययनअनुसार विशेषगरी हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’ र ‘भद्रगोल’ दर्शकले अत्यधिक रुचाएको पाइएको छ । त्यसैगरी टेलिभिजन हेर्ने सङ्ख्यामध्ये ८० प्रतिशत मानिसले नेपाली र २० प्रतिशतले विदेशी च्यानल हेर्ने गरेका छन् भने नेपाली च्यानल हेर्नेमा नेपाल टेलिभिजन बढी हेर्ने गरेको पाइएको तथ्याङ्क छ। टेलिभिजन हेर्ने कूल सङ्ख्यामध्ये २९ प्रतिशतले नेपाल टेलिभिजन हेर्न रुचाएको सेयरकास्टका मधु आचार्यले बताए ।

नेपाल टेलिभिजनलगायत अन्य नेपाली च्यानलले अफ्नो पहुँच सर्वसाधारणमाझ पु¥याउन समाचार एवम् समाचारमूलक सामग्री तथा मनोरञ्जनात्मक सामग्रीको उत्पादन तथा प्रसारणमा जोड दिँदै प्राविधिक पक्षलाई समेत सुधार गर्न अध्ययनले सुझाव दिएको छ । अध्ययनकर्ता भूमि चापागाईंले अध्ययनले नेपालमा सबैभन्दा बढी हेरिने टेलिभिजन नेपाल टेलिभिजन रहेको देखाएको बताए ।  विशेष गरेर नेपाल टेलिभिजनको समाचारलाई धेरै दर्शकले मन पराएका तथा प्रदेश नं २ बाहेक अरू सबै प्रदेशमा नेपाल टेलिभिजन लोकप्रिय रहेको उनले जानकारी दिए ।

नेपाल टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्टले टेलिभिजनमा सर्वसाधरणको पहुँच बढ्नु र टेलिभिजनहरुमध्ये नं १ मा नेपाल टेलिभिजन नै दर्शकको रोजाइमा पर्नु सुखद रहेको बताए ।अध्ययनले नेपालका मिडियाप्रति जनताको विश्वास बढ्दो देखाउँछ । त्यसमा पनि नेपाली टेलिभिजन हेर्ने र त्यसमा सबैभन्दा बढी नेपाल टेलिभिजन हेर्ने पाइएको छ ।रातो पाटी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *