विषादी परीक्षण नगरे भारतीय गाडी नाकामै जलाउने चेतावनी !

२०७६ असार २२, आईतवार २२:११ गते २०७६ असार २२, आईतवार २२:११ गते २०७६ असार २२, आईतवार २२:११ गते

काठमाडौं । नेपालको मौलिक राज्य व्यवस्था नेपालतन्त्र र नेपालवादको माग राख्दै आएको हाम्रो पार्टी नेपालले आफ्नो आधिकारिक नीति तथा कार्यक्रम र सरकारसँगको माग पत्र सार्वजनिक गरेको छ। करिब भूमिगत शैलीमा आफ्नो राजनीतिक गतिविधि संचालन गर्दै आएको उक्त पार्टीले आइतबार पत्रकार सम्मेलन गर्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो। शनिबार राजधानीको संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै हाम्रो पार्टी नेपालले प्रत्यक्ष निर्वाचित राष्ट«पतीय निर्वाचन प्रणालीसहित हिन्दू राज्यको पक्षमा उक्त पार्टीले आफूलाई उभ्याएको छ।

पश्चिमा देशप्रति गरम नीति लिएको उक्त पार्टीले चीन र भारत दुबैको नेपालमाथि थिचोमिचो रहेकोले दुबै देशसँग आवश्यकता र समानताका आधारमा सम्बन्ध कायम गर्नुपर्ने नीति लिएको छ। वैधानिक विद्रोहको कार्यदिशा लिएको उक्त पार्टीले देशहितका लागि आवश्यक परे हतियार उठाउन पनि तयार रहेको स्पष्ट पारेको छ।

पार्टी नीति कार्यक्रम तथा सरकारसँगको माग पत्र सार्वजनिक गर्दै पार्टीका अध्यक्ष गोविन्द बोहोरा ब्रम्हाण्डले आफ्नो पार्टीको नीति नेपालमा एनजिओ आइएइजीओ बन्द गराउने रहेको बताए। उनले वैधानिक विद्रोहको कार्यदिशामा नेपालका देशभक्त सेना प्रहरीले पनि साथ दिने र उनीहरु समेतको सहयोगमा अहिलको सत्ता ढाल्ने चेतावनी पनि दिए। नेपालमा पनि फिजीको मोडेलको क्रान्ति गर्ने उद्घोष गर्दै ब्रम्हाण्डले अब एनसेल र चौधरी ग्रुपजस्ता कम्पनीमा मजदुरका लागि ५० प्रतिशत सेयरका लागि आफ्नो पार्टीले आन्दोलन अगाडि बढाउने बताए।

नेपाललाई विभिन्न देशको खुफिया एजेन्सीहरुको मैदान बनाउन खोजिएको भन्दै उनले त्यसलाई परास्त गरेरै छोड्ने बताए। कार्यक्रममा ब्रम्हाण्डले विषादीयुक्त भारतीय गाडी चेकजाँच नगरी नेपाल भित्र्याउने काम बन्द नगरे नाकामै भारतीय गाडी जलाउने उद्घोष समेत गरे। यसअघि विभिन्न पार्टीले पहिला भन्ने एउटा र पछि पार्टीमा पुगेपछि गर्ने अर्कै गर्दै आएकाले उक्त पार्टीले आफ्नो नीति तथा कार्यक्रम घोषणा कार्यक्रममै पत्रकारलाई साक्षी राखेर नेपाली जनतालाई पासो समेत दिएको छ।

साँकेतिक रुपमा प्रदान गरिएको पासोको अर्थ उक्त पार्टीले नीति कार्यक्रम भन्दा बाहिर गएर गतिविधि गरे र नेपाली जनतालाई धोका दिए जुनसुकै समय सार्वजनिक रुपमा मृत्युदण्ड दिन पनि नेपाली जनतालाई अपिल गरेको छ। उक्त कार्यक्रममा अध्यक्ष ब्रम्हाण्डले नीति कार्यक्रम भन्दा बाहिर गएर जनतालाई धोका दिए आफुहरुलाई बाँच्ने अधिकार नभएको भन्दै जनताले फाँसी दिए पनि आफुहरुलाई स्वीकार्य रहेको बताए।धनकुटा खबरबाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *