काठमाडौ। अदालतमा मु’द्धा खेपिरहेका रवि लामिछानेलाई अर्को तनाव थपिएको छ । उनकी पूर्वपत्नी इशा दुई छोरीलाई अमेरिका छोडेर आफू मात्र नेपाल आउन लागेपछि रविलाई त’नाव थपिएको हो । इशाले नेपाल फर्केर रविका विषयमा मुख खोल्न सक्ने संभावनालाई मध्यनजर गर्दै रविलाई त’नाव वढेको बताईन्छ ।इशा असोजको दोस्रो हप्ताभित्र नेपाल आउने तयारी गरिरहेको बुझिएको छ । उनी कहिले आउने हुन भन्ने दिनबारे केही खुलाएकी छैनन् । आउने दिनको खुलासा भएमा मिडिया पछि लाग्न सक्ने भन्दै उनले आउने दिन गोप्य राखेकी छन् ।
अमेरिकामा रहेकी दुई छोरीलाई भने इशाले ल्याउने नल्याउने विषयमा प्रष्ट्याएकि छैनन् । टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने नराख्ने टुंगो भोली लाग्नेछ । उच्च अदालत हेटौंडामा लामिछाने उपरको मु’द्धामा सुनुवाई भोली हुँदैछ ।यसअघि चितवन जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएपछि रिहा भएका थिए । रिहाको वि’रुद्धमा सरकारी वकिल निवेदनसहित उच्च अदालत पुगेको छ । उनीविरुद्ध फैसला भए दशैंको मुखमा चितवन का’रागार चलान हुने सम्भावना रहन्छ । पक्षमा फैसला भए उनी विगतमा झै सक्रिय रहन सक्नेछन् ।
Views: 0