काठमाडौँ । अभिनेता तथा सञ्चाकर्मी शिशिर भण्डारी नेपाल छाडी अस्ट्रेलिया जाने पक्का भएको छ । विगत केही वर्ष देखि सामाजिक कार्यमा अग्रसर भई आफ्नो छुट्टै नाम बनाउन सफल भएका समाजसेवी शिशिर भण्डारीले नेपाल छोड्ने खबर आएपछि सबै अचम्म परेका थिए । उनी किन के कारणले गर्दा नेपाल छाडी अस्ट्रेलिया जाँदै छन् त? यो सबैको चासोको विषय बनेको छ । भण्डारी सामाजिक क्षेत्रमा अग्रसर भएको कारणले गर्दा उनी अस्ट्रेलिया पनि सामाजिक कार्य गर्न कै लागी जान लागेको कुरा शिशिर स्वयमले नै बताएका छन् ।
नेपालमा राम्रो काम गरेको कारणले गर्दा उनलाई अस्ट्रेलिया बोलाएको र त्यहाँ गएर पनि कसरी सामाजिक कार्यमा अग्रसर हुने र समाजमा कसरी राम्रो काम गर्ने भन्ने कुराको अनुभव लिन र विशेष गरी सामाजिक कार्य गर्नकै लागी जान लागेको कुरा शिशिरले जानकारी दिएका छन् । अस्ट्रेलिया भ्रमणमा जाँदा त्यहाँबाट उठेका सम्पूणै पैसाहरू फेरी नेपालमै ल्याएर सामाजिक कार्य गर्ने कुरा बताएका छन् ।अस्ट्रेलियामा धेरै नेपालीहरू रहेकाले गर्दा, ती नेपालीहरूको अवस्था कस्तो छ भन्ने कुराको छर्लङ्ग जानकारी दिने समेत बताएका छन् । ओ एस नेपालसँगको विशेष कुराकानीमा शिशिरले अस्ट्रेलिया जानुको कारण अझै राम्ररी खुलाएका छन् । वाकी तलको भिडियोमा हेर्नुहोस् ।
यो पनी पढ्नुहोसः राजेश पायल राईका जीवनभरका सम्झना पलभरमै खरानी भएपछि… गायक राजेशपालय राईको घरमा सोमबार दिउँसो आगलागी भएको छ । राईको शान्तिनगर स्थित घरमा आगो लागेको हो । आगोलागि बाट विभिन्न सम्मान, अवार्ड तथा अन्य सामाग्रीहरू जलेर जस्ट भएका हुन् । तर कुनै मानवीय क्षति भने भएको छैन । गायक राजेश पायल राई यति बेला कार्यक्रमको सिलसिलामा देश भन्दा बाहिर रहेका छन् । घरमा आगलागी भएकोबारे सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राईले भनेका छन्,
“यो घडिमा अहिलै घरमा आउन सकिन,सक्दिन पनि ,म सँग पेशा छ अनि बाध्यता पनि र आयोजक सँग अझै (अमेरिका ,क्यानडा ) दुइ महिनाको कार्यक्रमको एग्रीमेन्ट छ तर यो परी स्थिती मा मेरो छिमेकीहरुले दर्साउनु भएको सहयोग ,नेपाल प्रहरी,दमकल परिवार प्रती !! यहाँ बाटै हार्दिक नमन ..एवार्ड जले होलान तर तपाइहरुले दिएको आसिर्बाद माया ,सुझाब नजलोस .. म सदा तपाइहरु कै काखमा लुट्पुटिने माम्छे ।”यस्तै,”सबै भन्दा बलवान समय नै हो सबै थोक जले नस्ट भए तर यो हाम्रो तस्विर लाई न जलाउन सके न त भगवान रुपी दर्सक हरुको माया नै ,तपाइको यो staus ले मलाई झनै strong बनाएको छ !! सदा हजुर कै राजेश पायल “दौतरी यो छुट्ने छैन रहे सम्म जिन्दगानी”
Views: 0