दोलखा, २ जेठ । छोरालाई दाउरा प्रहार गरी हत्या गरेको अभियोगमा बिष्णुलाल तामाङ शुक्रबार बिहान पक्राउ परेका छन् । आफ्नै छोरालाई दाउरा प्रहार गरी हत्या गरेको अभियोगमा शैलुङ गाउँपालिका झम्सीका तामाङलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दोलखा र ईलाका प्रहरी कार्यालय मागापौवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घरायसी विवादको कारण तामाङले गत बैशाख २९ गते आफ्नै छोरा २७ वर्षीय सुवास तामाङलाई दाउरा प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि शिक्षण अस्पताल काठमाडौंमा उपचारको क्रममा बिहीबार दिउँसो उनको मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
स्रोत: Reportersnepal
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0