प्रदेश अन्लाईन खबर, काठमाडौं २ जेष्ठ – रौतहट जिल्लाको चन्द्रपुर वडा नं ४ घर भइ हाल काठमाडौंको वडा नं १४ बल्खु चोक बर्नहाट कलेज नजिकै बस्दै आएका ८० वार्षिय अर्जुन प्रसाद अधिकारी बेपत्ता भएका छन्। आज शुक्रबार बिहानको करिब सात तिसको समयमा घरबाट मर्निङ वाक गरेर आउछु भनी गएका अधिकारी अहिले सम्म घर नफर्केको छोरा प्रकाश अधिकारीले बताएका छन्। छोरा प्रकाशले दिएको हुलिया अनुसार रातो बर्ण बर्णको उमेर ८० बर्ष पुगेको पाँच फिट दुई इन्च उचाई भएको खैरो कलरको ट्रयाक सुट र ढाका टोपी लगाएको अवस्थामा हराएको हुँदा कोहि कसैले फेला पार्नु भएमा नजिकको प्रहरी वा उल्लेख गरिएको ९८५१०५४२६१,९८५११३२२३६ नम्बरमा सम्पर्क गरेर खबर गरिदिनु अनुरोध गरेका छन्।
बेपत्ता अर्जुन प्रसाद अधिकारीका तीन छोरा छन् उनी अहिले काठमाडौंमा कान्छो छोरा शरद अधिकारी सङ्ग बस्दै आएका छन्। छोरा प्रकाश अधिकारीले आजै प्रहरमा बुबाको खोजदिन निवेदन समेत दिसकेका छन्।
Views: 0