जीवन र मृ’त्युसँग लडिरहेकी नायिका निशाको अ’वस्था नाजुक , सहयोग मा’ग्दै परिवार

२०७८ जेष्ठ २९, शनिबार १९:३५ गते २०७८ जेष्ठ २९, शनिबार १९:३५ गते २०७८ जेष्ठ २९, शनिबार १९:३५ गते

मानिसको जीवनमा कस्तो घट’ना कतिखेर घट्छ कसैलाई थाहा हुँदैन । अभिनेत्री बन्ने सपना बोकेर डिप्लो’मा गर्न २ वर्षअघि भारत पुगेकी निशा घिमिरेको जीवनमा पनि एउटा अप्रत्यासित घटना घट्यो’, जसले उनको सारा सपना निमो’ठियो ।

उनलाई अभिनेत्री बन्नु थियो । दर्शकको ठूलो भीडमा उभिएर अटोग्राफ दिनु थियो । तर, एउटा दु’र्घ’टनाले आज उनी जीवन र मृ’त्यु’सँग लडिरहेकी छन् । डिप्लो’मा गर्न भा’रत पुगेको केही समयमा नै उनी सवारी दुर्घटनामा परिन् । जसका कारण उनलाई ब्रेन ह्यामरेज भयो ।

लामो समय उनको भारतमै उपचार भयो । तर, अस्पतालको खर्च धान्न’ नसक्ने भएपछि उनका परिवारले भारतस्थित नेपा’ली दूतावासदेखि विभिन्न संस्थालाई गुहारे । तर, कतैबाट सहयोग नपाएपछि आफ्नै खर्च’मा परिवारले निशालाई एम्बुलेन्समा राखेर नेपाल ल्याए ।

उनको उपचारमा परिवारको सबै जायजेथा सकिसकेको छ । कोठा भाडामा बस्न स’क्ने अवस्था नभएपछि अहिले उनको परिवारले भैंसीपाटीमा टिनले बारेर एउटा झुप्रो बनाएका छन् । त्यही परिवारको रेखदेखमा बस्दै आएकी छन्, निशा ।

उनको शरीर सुकेर दाउरो भइसक्यो । परिवारका सदस्यलाई समेत चिन्न’ छाडिसकेकी छन् । उनको अवस्था देख्दा जो कोहीको आँ’खा रसाउँछ । केही दिनदेखि सामाजिक सञ्जालमा उनका पहिले र अहिलेका तस्विरहरु भाइरल भएका छन् ।

उनको अवस्था देखेर सहयोग जु’ट्ने क्रम बढेको छ । मंगलवार म्यूजिक भि’डियो निर्देशक शान थापासहितको टिमले उनको पिता’लाई १० हजार सहयोग गर्‍यो । भेटमा उनका पिताले सहयोगका लागि आग्रह गरेको शानले बताए ।

निशाको अवस्था देख्दा आफू भावुक भएको उनी बताउँछन् । निशाले एक नेपाली फिल्म’मा समेत अभिनय गरेकी छन् । मैथिली र नेपाली भाषामा बनेको फिल्म ‘मधेशीपुत्र २’ मा उनले मु’ख्य भूमिकामा अभिनय गरेकी थिइन्।

उनले ‘डियर जिन्दगी’ नामक टेलिश्रृंखलासँगै केही म्यूजिक ‘भिडियोमा पनि काम गरिसकेकी छन् । निशालाई सहयोग गर्न चाहनेले उनका पिता राजु घिमिरेलाई ९८५१२३८९५२ मा फोन गर्न सक्ने निर्देशक थापाले बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed