मादक पदार्थ सेवन गरेर विमान चलाउने पाइलटको जागिर चट्!

२०७५ कार्तिक २६, सोमबार १५:४८ गते २०७५ कार्तिक २६, सोमबार १५:४८ गते २०७५ कार्तिक २६, सोमबार १५:४८ गते

विमान चलाउने बेलामा मादक पदार्थ सेवन गरेको भेटिएपछि भारतका एक जना अनुभवी विमान पाइलट अरबिन्द काथपालियाको अनुमतीपत्र रद्ध गरिएको छ। विमान चलाउनु अगाडी श्वास परिक्षण गर्दा मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि उनको अनुमतीपत्र केही समयका लागि सोमबार रद्ध गरिएको अधिकारीहरूले जनाएका छन्। एयर इन्डियाको विमान उडाएर लण्डन लैजान लागेको बेला वरिष्ठ चालक अरबिन्द काथपालियाले मादक पदार्थ सेवन गरेको पाइएको अधिकारीहरूले बताए। “श्वास परिक्षण गर्दा अरबिन्द काथपालियाले मादक पदार्थ सेवन गरेको पाइयो, त्यसैले नियम अनुसार उनको चालक अनुमतीपत्र तत्कालदेखि लागुहुनेगरी तीन वर्षका लागि रद्ध गर्ने निर्णय भएको छ,” एक उच्च अधिकारीले बताए। विमान चालक काथपालियाको अनुमतीपत्र यसअघि पनि सन् २०१७ मा तीन महिना रद्ध गरिएको थियो। सबै विमान चालक र चालक दलका सदस्यहरूलाई कम्तीमा पनि १२ घण्टा भन्दा अगाडी मादक पदार्थ सेवन गर्न निषेध गरिएको छ। विगत चार वर्षमा भारतका विभिन्न विमान सेवा प्रदायक कम्पनीका १५० भन्दा बढी विमान चालकहरूको श्वास परीक्षणमा विफल भएपछि उनीहरूमाथि फरक फरक सजाय गरिएको छ।
थाहा खबर बाट 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *