‘वीर विक्रम–२’ मा आकाशकाे स्थानमा पल शाह,

२०७५ कार्तिक २६, सोमबार १६:०६ गते २०७५ कार्तिक २६, सोमबार १६:०६ गते २०७५ कार्तिक २६, सोमबार १६:०६ गते

काठमाडौं– केही दिनअघि मात्र औपचारिकरुपमा निर्माण घोषणा गरिएको फिल्म ‘वीर विक्रम–२’ का कलाकारहरु हेरफेर भएका छन्। निकै तामझामका साथ घोषणा गरिएको फिल्ममा यसअघि आकाश श्रेष्ठ, वर्षा शिवाकोटी, बुद्धि तामाङलगायतका कलाकारहरु अनुबन्धित भएका थिए।

घोषणा भएको २ हप्ता नबित्दै श्रेष्ठले फिल्मबाट हात झिकेका छन्। उनले फिल्म छोडेको कुरा आफ्नो फेसबुक अकाउन्टमार्फत जानकारी गराएका हुन्। आफ्नो हजुरबुवाको स्वास्थ्य स्थिति खराब भएका कारण उपचारका लागि समय खर्चनुपर्ने कारण देखाउँदै श्रेष्ठले फेसबुकमार्फत नै फिल्मका निर्देशक तथा फ्यान फलोअर्ससँग माफी पनि मागेका छन्।

यससँगै फिल्ममा श्रेष्ठकाे ठाँउमा पल शाह अनुबन्धित भएका छन्। अभिनेता शाह अनुबन्धित भएको फिल्मका निर्देशक मिलन चाम्सले जानकारी गराए। चाम्सले एक प्रेस विज्ञप्तिमार्फत साे जानकारी गराएका हन्।

यता, शाह भने गत चैत ९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’पछि कुनै पनि फिल्ममा अनुबन्धित हुन सकेका थिएनन्। नेपाल लाइभसँग कुरा गर्दै शाहले लामो समय ठूला ब्यानरका फिल्ममा अनुबन्धित नहुनुमा आफ्नै व्यक्तिगत कारण रहेको बताए। उनले भने,‘मेरो योजना नै केही समय ग्याप लिने थियो। किनकी यसबीचमा धेरै म्युजिक भिडियोहरुको अफर आइरहेको थियो। अर्कोतिर राम्रो ब्यानर र टिमसँग काम गर्ने योजनमा थिएँ।’

उनले ‘वीर विक्रम-२’मा अनुबन्धित भएको सम्बन्धमा कुरा गर्दै भने,‘यो मेरो लागि अवसर र चुनौती दुवै हो। फिल्मका निर्देशक मिलन चाम्ससँग मैले काम गर्न पाउनु सौभाग्यको कुरा हो। यसका अलावा ब्यानरको हकमा पनि म सन्तुष्ट छु।’

केही दिनअघिसम्म फिल्ममा श्रेष्ठकाे चर्चा चुलिरहेका बेला अकस्मात् शाह नै कसरी अनुबन्धित हुन पुगे त? यस विषयमा शाहकाे जवाफ थियाे- ‘कसरी मिलन दाइले मलाई नै लिनुभयो, त्यो त म भन्न सक्दिन। तर, केही दिनअघि मात्र उहाँले मलाई यस सम्बन्धमा कुरा गर्नु भयो र फिल्मको स्क्रिप्ट र अन्य कुराहरु हरेर अभिनय गर्न तयार भएको हुँ।’

उनले फिल्ममा अाफूले अभिनय गर्ने पात्रलाई जीवन्त तुल्याउन सक्दाे प्रयास गर्ने बताए। ‘फिल्मको स्क्रिप्ट अनुसार सकेको मेहनत गर्नेछु। दर्शकहरुको अपेक्षालाई पुरा गर्न मेराे तर्फबाट सक्दो प्रयास हुनेछ।’, शाहले भने।

उनले फिल्म ‘वीर विक्रम–२’ पछि पनि राम्रो ब्यानर, कथावस्तु र टिम आएमा अन्य फिल्महरुमा पनि काम गर्न तयार रहेको स्पष्ट पारे।

चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आई प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्म मंसिर ३ गतेबाट छायांकनका लागि फ्लोरमा जाने छ। फिल्ममा शाहको अपोजिटमा सिवाकोटी रहने छिन् भने अन्य कलाकारहरुमा नाजिर हुसेन, विनिसा भण्डारी, शिशिर राणा, क्षित्तिज सुवेदीलगायत छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *