मुगु, असार २२ । हिमाली जिल्ला मुगुमा व्यावसयीक रुपमा पशुपंन्छी पालन गर्दै अाएका ८६ जना कृषकहरुलाई एकै पटक सम्मान गरिएको छ । उनीहरुलाई औपचारीक कार्यक्रम गरी आईतबार सम्मान गरिएको हो ।
जिल्लामा रहेको एक नगरपालिका र तीन वटा गाँउपालिकामा रहेको छ । भूमि ब्यावस्था, कृषि तथा सहकारी मन्त्रालय पशुपन्छि तथा मत्स्य बिकास निर्देशनालय भेट्नरीअस्पताल तथा पशुसेवा बिकास ज्ञान केन्द्र मुगुकको संयुक्त आयोजनामा यहाँको चार वटै स्थानीय तहमा गाइर्, भौसी, भेडा, बाख्रा, कुखुरा ब्याबसाय रुपमा सन्चालन गदै आई रहेको ८६ जना कृषकहरुलाई सामुहीक सम्मान गरेको हो । विगतमा पु्ख्र्यौली रुपमा काम गर्दै आईरहेका कृषकहरु पछिल्लो समय सडक सन्चार, विधुतको पहुँच बढे संगैै बजारमा ब्यापारीहरुको संख्या पनि बृद्धि हुँदै गएपछि पशु पन्छी, भेडा खसी, दुधको माग पनि बढेको छ ।
सम्मान कार्यात्रलम भेडा तथा खसी १ सय देखि २ सय सम्म, कुखुरा २ सय सम्म, गाई भांैसी ४ ४ वटा सम्म व्यावसाय गरी सन्चालन गर्ने सम्पूर्ण कृषकहरुको घर दौलोमा पशु प्राविधिकहरु पठाएर अनुगमन गरी कृषकहरु छनोट गरी सम्मान गरीएको र जिल्ला भरी साबजनिक रुपमा सुचना आवहान गर्दा ९९ जना कृषकको दर्खास्त पर्दा छनोट गरी कुखुरा ब्यावसाय एक जना, गाई भौसी ४४ जना र भोडा बाख्राँ ब्यावसाग गर्ने ७७ जनालाई सम्मान गरिएको पशु तथा भेटनसी अस्पताल पशु ज्ञानकेन्द्र मुगुका प्रमुख भिम चन्द्र बुढाले बताएका छन । बुढाका अनुसार भेडा बाख्रा ब्यावसाय गर्ने प्रति ब्याक्ति रु १५ हजारको दर , गाई भौसी ब्यावसाय गर्ने प्रति ब्याक्ति ३० हजार कुखुरा ब्यावसाय गर्ने कुषकहरुलाई १० हजारको दरले नगद दोसल्ला र प्रमाण पत्र सहित सम्मान गरिएको बताएका छन ।
जिल्लामा पशु पंन्छी ब्यावसाय गर्ने कृषकहरुलाई अहिले सम्म कुनै पनि निकाय बाट सम्मानित नगरेको ३ बर्ष पहिला ईराक देशमा बसेर घर र्फ्रकेका अहिले भेडा ब्यावसाय गदौ आएको कृषक छायानाथ रारा नगरपालिका बडा नम्बर ३ माथि तुमका र्धिज बहादुर रोकाय पनि सम्मानित हुँदा निकै खुसी भएका छन् । पहिला पहिला आफुलाई भिडी ग्याले गोठालो भनेर सबैले हेप्ने गरेका थिए । पछिल्लो समयमा प्रदेश सरकार र अन्य निकार्यले आफुलाई सम्मान गरेको हुदा निकै खुसी भएको र अहिले सरकारी जागीरी भन्दा पनि यही भेडा ब्यावसाय निकै फलिफाप भएको छ ।
Views: 0