Or

संघलाई एकताबद्ध बनाउने कुरा गर्नेहरूबाट धेरै नाटक र अभिनय देखियो – पूर्व अध्यक्ष थापा

२०८२ आश्विन २५, शनिबार २१:२४ गते २०८२ आश्विन २५, शनिबार २१:२४ गते २०८२ आश्विन २५, शनिबार २१:२४ गते

काठमाडौँ, असोज २५ – गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्व अध्यक्ष रबिना थापाले संघको २२औं स्थापना दिवस तथा गैरआवासीय नेपाली दिवस (अक्टोबर ११) का अवसरमा एकता, पारदर्शिता र संस्थाको प्रतिष्ठा पुनर्स्थापनाको आह्वान गर्दै सशक्त अपिल गरेकी छन्।

सामाजिक सञ्जालमार्फत जारी सन्देशमा उनले संघभित्र देखिएका आन्तरिक विवाद, स्वार्थी प्रवृत्ति र व्यक्तिगत पदलोभका कारण संस्थाको मूल उद्देश्य कमजोर बन्दै गएको बताएकी छन्। थापाले लेखेकी छन्, “संघलाई एकताबद्ध बनाउने कुरा गर्नेहरूबाट धेरै नाटक र अभिनय देखियो। संस्थालाई कमजोर बनाउँदै लाखौं गैरआवासीय नेपालीहरूको अधिकारमाथि खेलबाड गर्नेहरूको युग अब अन्त्य हुनैपर्छ।”

उनले एनआरएनएलाई राजनीतिक प्रभाव र व्यक्तिगत स्वार्थबाट मुक्त राख्नुपर्ने आवश्यकता औंल्याउँदै भनिन्, “अब समय आएको छ — संस्थाको नाममा ‘मिलन’ भन्ने ढोंग गरेर पदका लागि लड्ने नाटकहरू बन्द गर्नुपर्छ। संस्था हाम्रो साझा घर हो, व्यक्तिगत सम्पत्ति होइन।”

थापाले एकताको पक्षमा आफू सधैं रहने बताउँदै, संस्थाको नाममा व्यक्तिगत स्वार्थ साध्नेहरूलाई सुधार वा उपचारको बाटो रोज्न सुझाव दिएकी छन्।

उनले अन्त्यमा सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई एकताबद्ध भई संस्थाको प्रतिष्ठा, गौरव र विश्वसनीयता पुनर्स्थापित गर्न आह्वान गर्दै भनिन्, “हामी सबै मिलेर संस्थाको प्रतिष्ठा, एकता र गौरव पुनर्स्थापित गरौं। जय एनआरएन!”

गैरआवासीय नेपाली दिवस विश्वभर रहेका नेपालीहरूले हरेक वर्ष अक्टोबर ११ का दिन मनाउँदै आएका छन्। यस वर्ष संघले आफ्नो २२औं स्थापना दिवस मनाइरहेको छ।

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Or