Or

गैरआवासीय नेपाली संघले मनायो २२औं स्थापना दिवस, स्वयम्भूमा दीप प्रज्वलन — “एकताको विकल्प छैन : अध्यक्ष श्रेष्ठ”

२०८२ आश्विन २५, शनिबार २१:३६ गते २०८२ आश्विन २५, शनिबार २१:३६ गते २०८२ आश्विन २५, शनिबार २१:३६ गते

काठमाडौँ , गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो २२औं स्थापना दिवसको अवसरमा शनिबार बिहान स्वयम्भूस्थित बौद्ध स्तुपामा १०८ दीप प्रज्वलन गरी विशेष कार्यक्रम सम्पन्न गरेको छ।

संघका अध्यक्ष महेशकुमार श्रेष्ठ, पूर्व अध्यक्ष विनोद कुँवर, उपाध्यक्ष खगेन्द्र न्यौपाने, विश्वासदीप तिङ्गेला, महासचिव बाबुराम (बी.आर.) लामा, कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगाना, युरोप संयोजक प्रेम गुरुङसहितका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा शान्ति, एकता र समृद्धिको कामना गर्दै दीप प्रज्वलन गरिएको थियो।
पूर्व अध्यक्ष विनोद कुँवरले व्यक्तिगत स्वार्थ र हठ त्यागेर सबै अभियन्ता एकै मञ्चमा उभिनुपर्ने आवश्यकता औंल्याए। उपाध्यक्ष विश्वासदीप तिङ्गेलाले एनआरएनएको भूमिका अहिले झन् जिम्मेवारीपूर्ण बनेको उल्लेख गर्दै एकतामा जोडिनु नै समयको माग भएको बताए।

कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगानाले जेनजी आन्दोलनपछि सुरु गरिएको पुनर्निर्माण अभियान अन्तर्गत बग्गीखानास्थित ट्राफिक कन्ट्रोल रुम अन्तिम चरणमा पुगेको जानकारी दिए।

सन् २००३ अक्टोबर ११ मा “एक पटकको नेपाली, सधैंको नेपाली” भन्ने मूल भावनासहित स्थापना गरिएको एनआरएनए हाल ९० भन्दा बढी देशमा सक्रिय शाखा रहेको संघ हो।

स्थापना दिवसकै अवसरमा शनिबार बग्गीखानामा आयोजित चियापान कार्यक्रममा ट्राफिक कन्ट्रोल रुमको अवलोकन गरिएको थियो। उपाध्यक्ष मनोज गोर्खालीले सो अवसरमा देश निर्माणको यो सुरुवात मात्रै भएको जनाउँदै अझ धेरै काम गर्न बाँकी रहेको बताए।

स्वागत मन्तव्य दिँदै उपाध्यक्ष खगेन्द्र न्यौपानेले संस्थाभित्र एकता नभए संघ कमजोर बन्ने चेतावनी दिँदै संस्थाका अग्रज र अभियन्ताहरूलाई अहंकार र जुँगाको लडाइँ छाडी एउटै एनआरएन बनाएर अघि बढ्ने सुवर्ण अवसर नगुमाउन आग्रह गरे। उनले मुखले एकता भन्ने तर मनले फुट ल्याउने प्रवृत्तिबाट टाढा रहन सबैलाई चेतावनी

Views: 2

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Or